कर्णाली प्रदेश सरकार

भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय

कृषि विकास निर्देशनालय

कृषि विकास कार्यालय

कालीकाेट

आगन्तुक आक्रमणकारी अमेरिकी फौजि कीराबाट मकै वालीलाई जोगाउन सतर्कता अपनाउँ

अमेरिकी रैथाने हानिकार फौजी कीरा अमेरिका देखि अफ्रिका तथा एसियाको भारत हुदै नेपाल प्रबेश गरिसकेको छ । आगन्तुक आक्रमणकारी यस कीराले मकैको पात, डाँठ, घोगा खाएर बोटनै सखाप पार्ने गरेको छ । यस कीराले मकै बाहेक जुनेलो, धान, गहुँ, कोदो, उखु लगाएत ३५३ प्रजातिहरुमा नोक्सानी पार्ने पार्ने गरेको पाइएको छ ।

अमेरिकापछि सन् २०१६ मा पश्चिमी अफ्रिकामा देखिएको यो कीरा दुई बर्षमै अफ्रिकाभर फैलिएको पाइएको छ । अफ्रिका लगत्तै सन् २०१८ मा यो किरा एसियामा पहिलो पटक भारतको कर्नाटक राज्यमा देखिएको यस कीरा भारतका १९ प्रान्त तथा श्रीलंका, बंगलादेश र म्यानमारमा पनि फैलि सकेको छ । यो कीराको पुतली एक रातमा १०० किलोमिटरसम्म यात्रा गर्न सक्ने भएकाले छोटो समयमै धेरै देशहरुमा फैलन सकेको हो।

कालिकोट जिल्लामापनि यस कीराको प्रकोपको संभावनालाई मध्यनजर गरी तपसिल अनुसारका ब्यवस्थापनका उपायहरु बारे जानकार रहन संबन्धित सरोकारवाला हरुमा अनुरोध छ :

·         खेतबारीमा मकै उम्रे देखि नियमित रुपमा अनुगमन गरी कीराको उपस्थिति र क्षतिको आँकलन गर्ने,

·         यसले मकैको घोगा समेतलाई क्षति गर्ने भएकोले मकैको पुरै घोगा छोप्ने जातका उन्नत जातका मकै लगाउने,

·         एउटा पकेटमा एउटै जातको र छिटो पाक्ने जातको मकै लगाउने,

·         मकैको एकल वाली लगाउनुभन्दा कोशे वाली संग मिश्रित वाली लगाउने,

·         बिरुवालाई स्वस्थ र कीराको क्षति सहन सक्ने बनाउन शिफारिस गरिए अनुसार सन्तुलित मलखादको प्रयोग गर्ने,

·         निरीक्षणको क्रममा पातको तल्लो सतहमा झुण्डमा पारिएको फुलहरु संकलन गरी नस्ट गर्ने,

·         पालमा सेता लाम्चा झिल्लि सहितका प्वालहरु देखा परेमा नीमजन्य बिषादी एजाडिरेक्टिन १५०० पि.पि.एम ५ मिलि प्रति लिटर पानीमा मिसाई पुरै वोटहरु भिज्नेगरी छर्कने,

·         लार्भा हुर्केपछि वा मकैको घोगा लाग्न थालेपछि बिषादीको प्रयोग प्रभावकारी नहुने हुदा विषादी प्रयोग नगर्ने । 

·         यो कीरा नयाँ तथा खतरनाक आक्रमणकारी कीरा भएकाले शंका लागेमा तुरुन्त नजिकको पालिकाको कृषि बिकास शावा वा जिल्ला स्थित कृषि बिकास कार्यालय वा जोन कार्यालयमा संपर्क गर्नुहुन अनुरोध छ ।