कर्णाली प्रदेश सरकार

भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय

कृषि विकास निर्देशनालय

कृषि विकास कार्यालय

कालीकाेट

परिचय

सत्र सय एकचालिस  बर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको कालिकोट जिल्ला ९ स्थानीय तह एवं ८२ वटा वडाहरुमा बिभक्त छ ।  समुद्र सतह देखि ७३० (खुलालु) देखि ४७९० मिटर उचाई (चुली मालिका लेक) सम्मका बिभिन्न भुभागहरु समेटेको भौगोलिक बिबिधताले भरिपूर्ण जिल्ला कालिकोटमा उपोष्ण प्रदेशीय देखि शितोष्ण प्रदेशीय वाली/बस्तुहरुको उत्पादन हुदै आएको छ ।  भौगोलिक बिशिष्टता तथा हावापानी अनुकुलताको आधारमावाली/बस्तुहरुको छनौट र तिनको उत्पादन प्रबिधिको बिकास तथा प्रचार प्रसार अहिलेको प्रमुख आवश्यकता हो ।  यसै कुरालाई मध्यनजर गरी नेपाल सरकारको निर्णय अनुसार २०७५ श्रावण महिना देखि कृषि ज्ञान केन्द्र, कालिकोटको स्थापना भई कार्य शुचारी भएकोमा हाल  कार्यालयको नाम परिबर्तन भै कृषि विकास कार्यलय, कालीकोट रहेको छ। 

परम्परागत कृषि पेशालाई व्यावसायिक कृषिमा रूपान्तरण गर्न स्थान अनुकुल प्रबिधिको बिकास, तालिम तथा पचार प्रसारको माध्यमबाट कृषक, कृषि उद्यमी, प्रसारकर्ता र सरोकारवालाहरू समक्ष पुर्याउने मूख्य जिम्मेवारीकासाथ २०७५/८/११ देखि कार्यलयले  बिधिबत रुपमा कार्य सुचारु गरेको हो ।

बर्तमान नेपालको बदलिदो संरचना अनुसार बिगतमा जिल्ला कृषि बिकास कार्यालयबाट प्रदान हुदै आएका सेवा सुबिधाहरु स्थानीय तहबाट प्रबाह भै रहेको अवस्थामा बीउ वाली/बिषादी/मलखाद निरिक्षण, एग्रोभेटहरुको कारोबारमा नियमन, रोग कीराको पहिँचान तथा ब्यवस्थापन,  प्रयोगशाला निदान इत्यादी बिशेषज्ञ सेवा प्रदान गर्नु  कार्यायालयको प्रमुख दायित्व हुन आएको छ ।  उपरोक्त सेवाहरु बाहेक अनुदान प्रणालीमा आधारित भई नीजि उद्यमी, कृषक समूह, कृषक सहकारी संस्थाहरु मार्फत ब्यावसायिक कृषिजन्य वाली/बस्तुहरुको उत्पादन तथा उत्पादकत्व बृद्धि र खेती प्रणाली सुधार तथा बजार प्रबर्द्धनमा सहयोग पुग्ने खालका कार्यहरुपनि कार्यलयबाट  हुदै आएका छन् ।  कर्णाली प्रदेशलाई प्राङ्गारिक प्रदेश बनाउने प्रदेश सरकारको नीति तथा कार्यक्रम अनुसार प्राङ्गगारिक खेती प्रबर्द्धनमा सहयोग पुग्ने एकिकृत शत्रु जीव ब्यवस्थापन कार्यक्रम संचालन, जैबिक तथा बानस्पतिक बिषादीको प्रयोगबाट रोग/कीरा ब्यवस्थापन, प्राङ्गारिक मलखादको गुणस्तरमा सुधार, एकिकृत खाद्यतत्व ब्यवस्थापन इत्यादी कार्यमा सहयोग पुग्ने खालका गतिबिधिहरुमा सहयोग प्रदान गर्दै आएको छ ।  उत्पादित वाली/बस्तुहरुको मूल्य अभिवृद्धि, कृषि व्यापार/व्यवसाय, कृषि पर्यटन, कृषि प्रशोधन, खाद्य स्वच्छता तथा स्वस्थता, गुणस्तर नियन्त्रण कार्यालयका वृहत प्राथमिकता क्षेत्र रहेकाछन् ।

यस कार्यलयबाट संपादित कार्यहरुको प्रगति, उपयोगी प्रकाशन सामाग्री, कार्यक्रम संचालन कार्यबिधिहरु, प्रकाशित सूचनाहरु तथा अन्य गतिबिधिहरुसंग संबन्धित सेवाहरु कार्यालयको  वेवसाईट adokalikot.karnali.gov.np बाट शुचारु गरिएको छ ।